Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

काठमाडौं-१ बाट प्रकाशमान सिंहले गराए उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गराएका छन् ।

आइतबार बानेश्वरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर सिंहले उम्मेदवारी दर्ता गराएका हुन् ।

सोही निर्वाचन क्षेत्रबाट राप्रपाका रवीन्द्र मिश्र र राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बमले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् ।

सिंहले २०७४ को चुनावमा यही क्षेत्रबाट चुनाव जितेका थिए । ०७४ को चुनावमा मिश्रले सिंहलाई कडा टक्कर दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077