Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बोरामा लुकाई राखेको अवैध लागूऔषधसहित सात जना पक्राउ

काठमाडौं । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३२ जडिबुटीबाट दुई केजी गाँजासहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–३२ जडिबुटी बस्ने २५ वर्षीया मन्दिरा खड्की र सोही ठाउँ बस्ने काभ्रेपलान्चोक बनेपा घर भएकी २० वर्षीया दीपा मगर रहेका छन् ।

प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी प्रक्राउ गरेको हो । बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीबाट ३२० मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २२ वर्षीय सन्तोष शाही र २२ वर्षीय पदम बुढा रहेका छन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्दा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । पाल्पाको तानसेन नगरपालिका–३ भगवती टोल बस्ने १९ वर्षीय परिभेष श्रेष्ठलाई ९ सय ग्राम गाँजाको धूलोसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा बोरामा लुकाई राखेको गाँजा फेला पारी पक्राउ गरेको हो ।मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ जरुवाटोलबाट नियन्त्रित लागूऔषध वनरेक्स एक सय एमएलको १ सय ५८ बोतलसहित दुई जनालाई मंगलबार राति पक्राउ गरेको  पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका–१ चौकीटोल बस्ने १९ वर्षीय निकेश पुडासैनी र सर्लाही बरहथवा नगरपालिका–१६ बस्ने २६ वर्षीय पप्पु कुमार कुशहवा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077