Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

लुम्बिनी प्रदेश कमिटी सदस्यसहित ३१ जनाले त्यागे एमाले, निर्वाचनमा भूसाललाई समर्थन गर्ने

रुपन्देही । रुपन्देहीमा नेकपा एमाले पार्टी परित्याग गरेका घनश्याम भुसाल निकट ३१ जना नेता कार्यकर्ताहरुले पार्टीबाट राजीनामा दिएका छन् ।लुम्बिनी प्रदेश कमिटीमा रहेका २ जना सदस्यसहित ३१ जनाले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

उनीहरूले प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही १ बाट स्वतन्त्र रुपमा उम्मेदवारी दिएका घनश्याम भूसाललाई सहयोग गर्ने घोषणा गरेका छन् ।

रुपन्देही १ अन्तर्गत रोहिणी गाउँपालिकाका निवर्तमान गाउँपालिका अध्यक्ष तथा एमाले प्रदेश कमिटी सदस्य सनोजकुमार यादव, एमाले प्रदेश कमिटी सदस्य शैलेन्द्र उपाध्याय, रोहिणी गाउँपालिका कमिटी सचिव इन्द्रजीत कुमार राय लगायतले पार्टी त्यागेको घोषणा गरेका हुन् ।

यो क्षेत्रबाट नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको गठबन्धन भइ प्रतिनिधि सभा सदस्यको लागि नेकपा एमालेका सचिव छविलाल विश्वकर्मा, प्रदेश सभा सदस्यको लागि एमालेकै दधिराम न्यौपाने र राप्रपाका आशिश चौधरीले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077