Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सलाहको कीर्तिमानी ह्याट्रिकमा लिभरपुलको सानदार जित

एजेन्सी । मोहम्मद सलाहको कीर्तिमानी ह्याट्रिकमा इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगमा सानदार जित निकालेको छ ।

लिभरपुलले स्कटिस क्लब रेन्जर्समाथि उसकै मैदानमा ७–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो ।

लिभरपुलको जितमा सलाहले ह्याट्रिक पूरा गर्दा रोबर्टो फिर्मिनोले दुई तथा डार्विन नुनेज र हार्भे इलिओटले समान एक गोल गरे। घरेलु टोलीका स्कट अर्फिल्डको गोल सान्त्वना बन्यो ।

यससँगै लिभरपुलले माथिल्लो चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ।

समूह ए को दोस्रो स्थानमा रहेको लिभरपुलले ४ खेलबाट ९ अंक हात पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077