Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सहमति उल्लंघन गरेको भन्दै एमालेले तोड्यो कांग्रेस बीपीसंगको तालमेल

डडेलधुरा । नेकपा एमालेले डडेलधुरामा कर्ण मल्ललाई नसघाउने भएको छ । शुक्रबार बसेको डडेल्धुरा जिल्ला कमिटिको पूर्ण बैठकले तालमेल गर्ने तोड्ने निर्णय हो।

एमालेले प्रतिनिधिसभामा कांग्रेस बीपीका कर्ण मल्ललाई सघाएको थियो भने प्रदेशसभाको 'क' र 'ख' दुबैमा कांग्रेस बीपीले एमालेलाई सघाउने सहमति भएको थियो ।

त्यसअनुसार एमालेले चत्रप्रसाद स्नेहीको उम्मेदवारी समेत फिर्ता गराएको थियो । कांग्रेस बीपीले प्रदेशसभा 'ख' मा स्वतन्त्र उम्मेदवारसँग तालमेल गरेको भन्दै एमालेले आपत्ति जनाएको छ ।

बैठकपछि एमालेका जिल्ला अध्यक्ष प्रकाशबहादुर साउद र सचिव गजेन्द्र शाहीले एक प्रेस विज्ञप्ति जारी गर्दै चुनावी तालमेल नगरिने जानकारी दिएएका छन्। एमालेले एक्लै चुनावमा होमिने निर्णय गरिएको बताइएको छ।

बैठकपछि एमालेका जिल्ला अध्यक्ष प्रकाशबहादुर साउद र सचिव गजेन्द्र शाहीले एक प्रेस विज्ञप्ति जारी गर्दै चुनावी तालमेल नगरिने जानकारी दिएएका छन्।

डडेलधुरा एमालेको शुक्रबार बसेको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेस बीपीसँग गरिएको चुनावी तालमेल भंग गरी एकल रुपमा निर्वाचनमा होमिने निर्णय आजको बैठकले गरेको छ ।’

यो निर्णय कार्यान्वयन भए डडेलधुराको प्रतिनिधिसभामा एमालेको उम्मेदवार कोही हुने छैनन् । प्रदेशसभामा भने 'क' मा पठान सिंह बोहरा र 'ख' मा गजेन्द्रबहादुर शाही उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077