Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पूर्वएआईजी सिंहलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौं । पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजेन्द्रबहादुर सिंहलाई नेपाल प्रहरीको 'लाइफटाइभ अचिभमेन्ट अवार्ड' प्रदान गरिएको छ ।

सोमबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित ६७औं प्रहरी दिवसका अवसरमा एआईजी सिंहलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

३९ वर्ष नेपाल प्रहरीमा सेवा गरेका सिंहलाई प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त अवार्ड प्रदान गरेका हुन्।

उनले २०६३ सालमा अवकाश प्राप्त गरेका थिए । प्रहरी दिवसको अवसरमा सरकारले उत्कृष्ट कार्यसम्पादन गर्ने २५ जना सकल दर्जालाई पुरस्कृत गरिएको थियो ।

२०१२ सालमा स्थापना भएको नेपाल प्रहरीले  प्रहरी दिवसको अवसर पारेर हरेक वर्ष उत्कृष्ट काम गर्ने प्रहरीलाई पुरस्कृत गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077