Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

कांग्रेस नेता प्रकाशमान सिंहद्वारा प्रतिबद्धतापत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सोमबार आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।

संसदमा छँदा काठमाडौं क्षेत्र नम्बर १ को शीर निहुराउने गरी आफूले कहिल्यै काम नगरेको स्पष्ट गर्दै उनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा पुनःआफूलाई जिताउन आग्रह गर्दै प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।

आफ्नो प्रतिबद्धतापत्रमा सिंहले संघीय तहमा गर्ने काम, प्रदेश तथा स्थानीय तहमा गर्ने काम र समग्र काठमाडौं क्षेत्र नम्बर १ मा गर्ने कामको फेहरिस्त उल्लेख गरिएको छ ।

यसैगरी, नेता सिंहले प्रतिनिधि सभामा उपस्थित रही जनता र राष्ट्रका पक्षमा आवाज बुलन्द गर्ने, संवैधानिक सर्वोच्चता कायम गर्दै संविधानका माथि उल्लेखित चार खम्बालाई मजबुद पार्ने प्रतिवद्धतासमेत जाहेर गरेका छन् ।

निर्वाचन क्षेत्रलाई शून्य फोहोरमैला उत्सर्जन क्षेत्र बनाउन आवश्यक पहल गर्ने, युवालाई रोजगारीको व्यवस्था गर्ने, उच्च सवारी चाप हुने क्षेत्रमा ओभरहेड पुल निर्माण बनाउने, नि:शुल्क वाइफाइ जोन बनाउने, बागमतीदेखि टुकुचासम्मलाई सफा राख्नेजस्ता काम गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरेका छन्।

यस्ता छन् प्रतिबद्धता : 

 

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077