Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

ओलीको कारणले समाजवादमा जाने संकल्पमा धक्का लाग्यो : पम्फा भुसाल

काठमाडौं । नेकपा माओवादी केन्द्रकी उपमहासचिव तथा ऊर्जामन्त्री पम्फा भुसालले अग्रगमनका लागि गठबन्धन बनाएको बताएकी छन् ।

ललितपुर आयोजित गठबन्धनको चुनावी प्रशिक्षण कार्यक्रममा बोल्दै भुसालले यस्तो बताएकी हुन् । उनले एमाले अध्यक्ष ओलीको कारणले समाजवादमा जाने संकल्पमा धक्का लागेको आरोप लगाइन् ।

उनले भने, ‘हामी समाजवादमा जाने संकल्पको साथ अगाडि बढेका थियौँ ।

तर, संविधान र व्यवस्थामाथि नै खतरा परेपछि त्यसको विरुद्ध हामी सडक र न्यायपालिकाको ढोकामा पुग्न बाध्य भयौँ । त्यही परिस्थितिमा अग्रगमनका लागि गठबन्धन बनाएका हौँ ।’

आर्थिक समृद्धिका साथै जनताको जीवनस्तरमा समेत आफूहरूले सुधार गरेका बताइन् । जनताबाट अनुमोदित भएर जनताको समस्या समाधान गर्न लाग्ने उनको भनाइ छ । उनी ललितपुर ३ की गठबन्धनका साझा उम्मेदवार समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077