Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

१३ लाख ६२ हजार मूल्य बराबरको लागूऔषधसहित २१ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरले ठूलो परिणाममा लागूऔषधसहित २१ जनालाई पक्राउ गरेको छ।

बिहिबार विज्ञप्ति सार्वजनिक गर्दै ब्युरोले करिब साढे ११ लाख बराबरको लागुऔषधसहित विभिन्न ठाउँबाट पक्राउ परेका २१ जनालाई सार्वजनिक गरेको हो ।

ब्युरोको टोलीले खैरो हेरोइन ३३ दशमलव ४ ग्राम, गाँजा १२ किलो ९सय १७ ग्राम, २१सय ४० पीस एम्पुल र डिजिटल तराजुसहित २१ जनालाई पक्राउ गरेको ब्युरोले जनाएको छ ।

प्रक्राउ पर्नेमा सोलुखुम्वुका ग्लाल्जेन शेर्पा, इलामका दिनेश तामाङ, सिर्जना राई, कृष्ण तामाङ, नुवाकोटका सरोज राई, कृष्ण बहादुर राई, सर्लाहीका रन्जीत गोले,

धादिङकी शर्मिला तामाङ, पर्साका सन्दीप दास र दीपु कुशहवा, चितवनका श्रीकृष्ण भण्डारी, मेलीना भण्डारी र पर्साका उपेन्द्र प्रसाद कुशहवा, कृसन तृली, चन्दन महतो, सुवास सहनी, सप्तरीका चन्दन दास, भारत मधुवनीका शम्भु कुमार शाह लगायतका छन्।

प्रवक्ता खड्काका अनुसार बरामद भएको लागूऔषधको बजार मूल्य १३ लाख ६२ हजार ९२९ रुपैयाँ छ। पक्राउ परेका सबै व्यक्तिलाई लागूऔषध मुद्दामा जिल्ला अदालत काठमाडौबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077