Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • भिटामिन ‘ए’ खान छुटेका बालबालिकालाई फेरि खुवाइने

    भिटामिन ‘ए’ खान छुटेका बालबालिकालाई फेरि खुवाइने

    अनलाइन नेपाल
  • शनिबार, ५ कार्तिक २०७९
  • 759
    SHARES

    काठमाडौं । भिटामिन ‘ए’ र जुकाको औषधि खान छुटाएका बालबालिका लागि पुनः खुवाइने भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही कात्तिक २ र ३ गते भिटामिन ‘ए’ र जुकाको औषधि खान छुटाएका बालबालिका नजिकैको स्वास्थ्य संस्थामा लगेर खुवाउन आग्रह गरेको हो ।



    “छ महिनादेखि ५९ महिनासम्मका कुनै बालबालिका भिटामिन ए क्याप्लुस र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिका जुकाको औषधि खान छुटेका छन् भने उनीहरुलाई दुई हप्ताभित्र नजिकैको स्वास्थ्य संस्थामा लगेर खुवाउन सकिन्छ”, मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीलेले जारी गरेको विज्ञप्ति उल्लेख गरिएको छ ।



    सरकारले प्रत्येक वर्षमा दुई पटक वैशाख ६ र ७ गते तथा कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गर्दछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार