Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

समाजसेवी तथा पुर्व सांसद मैयादेबीको निधन

काठमाडौं । समाजसेवी तथा पुर्व सांसद मैयादेबी श्रेष्ठको निधन भएको छ ।

लामो समयदेखि बिरामी परेकी श्रेष्ठको गएराति चितवन मेडिकल कलेजमा निधन भएको हो ।

बि.स‌ं. १९८७ मा तनहुँको बन्दीपुरमा जन्मिएकी श्रेष्ठको ९२ बर्षमा निधन भएको हो ।

पछिल्लो समयमा श्रेष्ठलाई अरुचीलगाएत श्वास प्रश्वाससम्बन्धी समस्या भएको थियो । उनको पार्थिव शरीरलाई अहिले आफ्नै निवासमा ल्याइएको पारिवारिक स्रोतले जनाएको छ ।

कांग्रेसको राजनीतिमा सक्रिय उनी २०४८ सालको निर्वाचनमा तत्कालीन गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077