Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

मेरो पहिलो प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन हो : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भ्रष्टाचार अन्त्य हुनुपर्ने नागरिकको चाहना पूरा गर्ने बताएका छन् ।

काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रहेका सिंहले आज बिहान आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘जतासुकै भ्रष्टाचार व्याप्त छ, जहाँ जाऔं अस्तव्यस्त छ, अब यसलाई समाधान गर्न नसके झन् विकराल अवस्था आउने भएकाले मेरो पहिलो प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन हो।’

यस पटकको निर्वाचन मुलकमा राजनीतिक स्थिरता चाहने र स्थिरता नचाहनेहरु बीचको प्रतिस्पर्धा भएको भन्दै उनले जनताले उपयुक्त निर्णय गर्ने समय आएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077