Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • माधव नेपालले भने – ओलीलाई धेरै सुधार्ने कोशिस गर्दा पनि सुध्रेनन्

    माधव नेपालले भने – ओलीलाई धेरै सुधार्ने कोशिस गर्दा पनि सुध्रेनन्

    अनलाइन नेपाल
  • आइतबार, ६ कार्तिक २०७९
  • 786
    SHARES

    वीरेन्द्रनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको राजनीतिमा व्यक्तिवाद हावी भएको बताएका छन् ।

    आइतबार वीरेन्द्रनगरमा आयोजित पाँच दलीय गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हु्न् ।



    उनले भने, ‘नेपालको राजनीतिमा व्यक्तिवादी हावी भएको छ। केपी शर्मा ओलीले व्यक्ति केन्द्रित राजनीति ‘सत्ता’ चलाए, त्यो अधिनायकवादी चरित्र हो । त्यस्ता व्यक्तिले संविधान कुल्चे, देशलाई अस्तव्यस्त बनाए ।’



    ओलीले लोकतन्त्रलाई धुलिसाफ पार्ने कोशिस गरेको बताउँदै उनले गणतन्त्र विरोधी शक्तिसँग साँठगाँठ गरेको आरोप समेत लगाए ।

    उनले भने, ‘ओलीले देश भाँडमा जावस्, मेरो स्वार्थको रक्षा हुनुपर्छ भनेर राज्यसत्ता सन्चालन गरे । हामीले धेरै सुधार्ने कोशिस गर्दा पनि सुध्रेनन् ।’

    आफुहरुले ओलीलाई सुधार्न निकै प्रयास गरेपनि नसुध्रेको बताए । नेपालले पाँच दलीय गठबन्धन अग्रगामी गठबन्धन भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार