Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रहरी वरिष्ठ हवल्दार खडायत बने असोज महिनाको सर्वोत्कृष्ट प्रहरी

अछाम । प्रहरी चौकी साँफेबगरमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार तिलकबहादुर खडायत असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय अछामले आफ्नो कार्यालय मातहत कार्यरत खडायतलाई असोज महिनाकै सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।

अछामका प्रहरी प्रमुख डीएसपी नारायण डाँगीले उनलाई सम्मानपत्र, दोसल्ला र नगदसहित सम्मान गरिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कार्यरत प्रहरी मध्येमा असोज महिनामा खडायतले जिम्मेवारी पूर्ण इमान्दारी बफादारी र कर्तव्यनिष्ठ भएर पूरा गरेको भन्दै सम्मानित गरिएको हो ।

लगनशील, अनुशासन, इमान्दारिताको मूल्यांकन गरेर सम्मानित गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077