Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिग : टोटनहमलाई हराउँदै न्युक्यासल शीर्ष चारमा

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाईटेडले टोटेनहम हट्सपरलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

न्युक्यासलका लागि पहिलो हाफमा क्यालम विल्सन र मिगुएल अल्मिरोनले एक–एक गोल गरे । टोटनहमका लागि दोस्रो हाफमा ह्यारी केनले गोल गरे ।

गएराति घरेलु टोली टोटेनहमलाई हराएसँगै न्युक्यासल तालिकाको चौँथो स्थानमा उक्लिएको छ ।

उसले १२ खेलबाट २१ अंक जोडेको छ । टोटेनहम २३ अंक सहित तालिकाको तेस्रो स्थानमा यथावत छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077