Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अपराध अनुसन्धानमा सर्वोत्कृष्ट कुकुर ‘पप्पी’

काठमाडौं । नेपाल प्रहरीको केनाइन महाशाखामा कुकुर पुजा गरिएको छ । काठमाडौं जिल्लामा भएका दुईवटा हत्या अनुसन्धानमा सघाएको ‘पप्पी’ नामको कुकुरलाई प्रहरीले यस वर्षको उत्कृष्ट कुकुर ठहर गरेको छ ।

विगत डेढ वर्षदेखि अपराध अनुसन्धान कार्यमा खटिँदै आएको उक्त पोथी कुकुर जर्मन शेफर्ड जातको हो ।

‘पप्पी’लाई केनाइन महाशाखाकी एसएसपी डा.देउती गुरुङले मेडल र पुरस्कार प्रदान गरिन् ।  पप्पीको रेखदेख तथा तालिममा खटिएका प्रहरी हवलदार रामबहादुर गुरुङ उत्कृष्ट ‘डग ह्यान्डलर’ बने ।

कुकुर ‘पप्पी’ ले २०७८ चैतमा काठमाडौंको शंकरापुर नगरपालिका–७ मा हरिबहादुर श्रेष्ठको शव पत्ता लगाएको थियो ।

चैत २९ मा घरबाट हराएका हरिबहादुरको कपडा सुँघाएर छाड्दा पप्पी शालिनदी किनारमा ढुंगामा रगत भएको ठाउँसम्म पुगेको थियो सो संकेतको आधारमा शालिनदीमा खोजतलास गर्दा हरिबहादुर मृत भेटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077