Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल मजदुर किसान पार्टीद्धारा चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौं । नेपाल मजदुर किसान पार्टीले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेमकिपाले घोषणापत्र सार्वजनिक गरेको हो ।

नेमकिपा अध्यक्ष नारायणमान विजुक्छेले घोषणापत्र सार्वजनिक गरेका हुन् । नेमकिपा सचिव प्रेम सुवालले निर्वाचन क्रान्तिको संकेत दिने प्यारामीटर रहेको बताए ।

सुवालले भने, ‘सत्ता गठबन्धन देश र जनताको विरोधमा छ । यो गठबन्धन जनताको पक्षमा छैन । ’

उनले नेपालीको सम्पत्तिलाई विदेशमा नलैजाने नियम कानुन बनाउन आवश्यक रहेको औंल्याए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077