Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पाकिस्तानी प्रधानमन्त्री शरीफ चीन भ्रमणमा जाँदै

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ यही कात्तिक १५ गते चीन भ्रमणमा जाने भएका छन् । आफ्ना चिनियाँ समकक्षी ली खछ्याङको निमन्त्रणामा उनी दुई दिने भ्रमण गर्न लागेका हुन् ।

बेइजिङमा रहँदा उनले राष्ट्रपति सी चिनफिङलाई भेट्नेछन् भने र प्रधानमन्त्री लीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् । विदेशमन्त्री बिलावल भुट्टो जरदारीलगायत उच्चस्तरीय प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री सरिफले चीन भ्रमण गर्ने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

विदेश मन्त्रालयले प्रधानमन्त्री शरीफको यो भ्रमण दुई देशबीचको उच्चस्तरीय आदानप्रदानको निरन्तरता भएको पनि बताएको छ । द्विपक्षीय सहयोग अभिवृद्धि गर्न भ्रमण फलदायी हुने अपेक्षा पनि उक्त मन्त्रालयले गरेको छ ।

पाकिस्तानको प्रधानमन्त्री भएपछि शहबाजले पहिलोपटक चीन भ्रमण गर्दै छन् । चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ राष्ट्रिय महाधिवेशनपछि चीन भ्रमण गर्ने पहिलो नेता पनि पाकिस्तानी प्रधानमन्त्री भएका छन् ।

महाधिवेशनले पार्टी महासचिवका रूपमा सीलाई तेस्रो कार्यकालका निम्ति चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077