Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

कानून निर्माण र पूर्वाधारको विकास मेरो प्राथमिकता हो : प्रकाशमान सिंह

काठमाडौं । कांग्रेस नेता प्रकाशमान सिंहले आफ्नो ध्यान कानुन बनाउने मात्र नभई भौतिक पूर्वाधार निर्माणमा समेत बताएका छन् ।

आज चुनावी अभियानका क्रममा मतदाताहरुसँगको भेटघाटको क्रममा नेता सिंहले यस्तो बताएका हुन् । उनले निर्वाचनको क्षेत्रमा आफू भन्दा अघिका जनप्रतिनिधिले भन्दा आफूले धेरै काम गरेको दाबी गरे।

काठमाडौं क्षेत्र नं.१ का उम्मेदवार समेत रहेका नेता सिंहले यस क्षेत्रले जिताएर पठाएका जनप्रतिनिधि देशको प्रधानमन्त्री साथै ठूला ठूला पदमा पुगे पनि विकासको काममा ठुलो कार्य गर्न नसकेको बताए।

अझै पनि विकासका कामलाई अगाडि बढाउन उचित कानुनहरु नबनेकाले कानुन निमार्ण साथै यस क्षेत्रको भौतिक पूर्वाधार विकासका लागि कांग्रेसले जित्नुपर्ने उनको भनाइ छ ।

एउटा जनप्रतिनिधिको रुपमा आफू सधै जनताले बोलाउदा जनता समक्ष हाजिर भएको बताए । जनतालाई दुख पर्दा सक्दो मद्धत गर्ने गरेको उल्लेख गर्दै यस पटक पनि जनताले आफूलाई विश्वास गर्नेमा आशावादी रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077