Online Nepal
  • शनिबार, १२ जेष्ठ २०८१
  • चुनावी कार्यक्रममा सहभागी कांग्रेस नेता कोइराला बेहोस

    चुनावी कार्यक्रममा सहभागी कांग्रेस नेता कोइराला बेहोस

    अनलाइन नेपाल
  • आइतबार, १३ कार्तिक २०७९
  • 684
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस नेता शशांक कोइराला बेहोस भएका छन् ।

    कोइराला नवलपुरको अमरापुरीमा आइतबार आयोजित चुनावी कार्यक्रममा सहभागी हुँदै गर्दा बेहोस भएका हुन् ।



    कोइरालालाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएको उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।
    कोइरालाको होस फर्किसकेको र अवस्था सामान्य रहेको बताइएको छ ।



    आगामी मंसिर ४ गतेको चुनावका लागि कोइराला नवलपुर क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार