Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

छठको कार्यक्रममा छुरा प्रहार हुँदा १४ वर्षीय बालकको मृत्यु

मोरङ । मोरङमा छठ पर्वको कार्यक्रममा छुरा प्रहार हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको उर्लाबारीस्थित मावा खोलामा आयोजित कार्यक्रममा झापाको दमक–१० नलबारी बस्ने १४ वर्षीय दिउस श्रेष्ठको छुरा प्रहारबाट गएराति मृत्यु भएको हो ।

छुरा प्रहारबाट घाइते भएका श्रेष्ठलाई उर्लाबारीस्थित गोदावरी हस्पिटल लगिएको थियो ।

गोदाबरी हस्पिटलबाट रेफर भइ झापाको बिएण्डसि हस्पिटलमा उपचारका क्रममा उनको मृत्यु भएको बताइएको छ । छुरा प्रहार गर्नेहरुको पहिचान हुन अहिलेसम्म भएको छैन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077