काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रतिनिधि सभा निर्वाचनपछि पनि कांग्रेसकै नेतृत्वमा गठबन्धनको सरकार बन्ने बताएका छन् ।
आज काठमाडौंको नयाँबानेश्वरमा आयोजित चुनावी कार्यक्रममा बोल्दै सिंहले यस्तो बताएका हुन् ।
उनले मुलुकमा राजनीतिक स्थायीत्व कायम गरी बाँकी रहेका कार्यभार पूरा गर्न कांग्रेसले नै सरकारको नेतृत्व गर्ने बताए ।
अब नागरिकको चाहाना अनुसारको शासन व्यवस्थामा सुधार, भ्रष्टाचार अन्त्य र विधिको शासन कायम गर्दै समृद्धि हासिल गर्ने उनले बताए ।
यी सबै काम कांग्रेस नेतृत्वको सरकारले मात्रै गर्न सक्ने सिंहले बताए । अबको निर्वाचनले मुलुकलाई राजनीतिक स्थायीत्व प्रदान गर्ने उनले बताए ।