Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • टी–२० विश्व कप : आयरल्यान्डलाई अस्ट्रेलियाको १८० रनको लक्ष्य

    टी–२० विश्व कप : आयरल्यान्डलाई अस्ट्रेलियाको १८० रनको लक्ष्य

    अनलाइन नेपाल
  • सोमबार, १४ कार्तिक २०७९
  • 696
    SHARES

    काठमाडौं । कप्तान आरोन फिन्चको अर्धशतकप्रेरित अस्ट्रेलियाले आईसीसी ट्वान्टी–२० विश्वकपमा सोमबार आयरल्यान्डलाई जितका लागि १८० रनको लक्ष्य दिएको छ ।

    बिसब्रेन क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा निम्त्याइएको घरेलु टिम अस्ट्रेलियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १७९ रनको योगफल तयार पार्यो ।



    अस्ट्रेलियाका कप्तान फिन्चले ६३ रन बनाए । उनले ४४ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे । मार्कुस स्टोइनिसले ३५, मिचेल मार्सले २८ र ग्लेन म्याक्सवेलले १३ रन बनाए ।



    आयरल्यान्डका बेरी म्याककेर्थीले तीन र जस लिटिलले दुई विकेट लिए ।

    सुपर–१२ समूह–१ मा तीन खेलबाट तीन अंक जोडेको आयरल्यान्ड तालिकाको तेस्रो स्थानमा छ ।

    समान अंक जोडेको अस्ट्रेलिया तालिकाको चौथो स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार