Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राजनीतिसँगै विकासलाई अगाडि बढाउनुपर्ने अहिलेको आवश्यकता : रामचन्द्र पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले राजनीतिसँगै विकासलाई अगाडि बढाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन् ।

तनहुँको देवघाट गाउँपालिका–४ सिन्च्याङगढी, गाईघाट, मोहोरियामा आज आयोजित मतदाता भेटघाटका क्रममा वरिष्ठ नेता पौडेलले विकास अहिलेको मुख्य प्राथमिकता रहेकाले राजनीतिसँगै विकासलाई अगाडि बढाउनुपर्ने बताए ।

'जनतालाई अहिले चाहिएको विकास हो, हामी विकासका लागि प्रतिबद्ध छौँ', वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार पौडेलले भने,'देशमा राजनीतिक क्रान्ति सफल भइसकेकाले अबको मुख्य एजेण्डा विकास हो ।'

सुशासनको जग बसाउन र गाउँमा रोजगारी र आम्दानी दिने काम बाँकी रहेकाले आफू त्यो अभियानमा लागेको पौडेलको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077