Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मास्टर जब प्रालिमा वैदेशिक रोजगार विभागको छापा, कागजपत्र नियन्त्रणमा

काठमाडौं । वैदेशिक रोजगार विभागले नेपाली कामदारलाई टर्की पठाउन खोजिरहेको मास्टर जब प्रालिमा छापा मारेको छ ।

कम्पनीले कामदार मागपत्र प्रमाणीकरण र पूर्व स्वीकृति नगरिकनै टर्की पठाउने भनेर युवाहरूसँग अन्तर्वार्ता लिइरहेको पाइएको हो ।

छापा मारेर महत्वपूर्ण कागजपत्र नियन्त्रणमा लिएको विभागले जनाएको छ । टर्कीका विभिन्न कम्पनीमा हेभि ड्राइभर काममा पठाउन भनी कामदार छनौटको अन्तर्वार्ता र ट्रायल भइरहेको भन्ने सूचना विभागसम्म पुगेको थियो ।

सूचना प्राप्त हुनासाथ सोमबार विभागको टोली अन्तर्वार्ता र ट्रायल लिइरहेको अवस्थामा पुगेको थियो । छापा मार्ने क्रममा ३० जनासँग अन्तर्वार्ता लिइरहेको थियो ।

विभागको टोलीले सो सम्बन्धी कागजातहरू बरामद गरी आवश्यक कारबाहीका लागि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077