Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

तेस्रो नम्बरका शर्मालाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले प्राविधिकतर्फका सहसचिव केशव शर्मा बिडारीलाई सचिवमा बढुवा गरेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले बढुवा सिफारिस समितिले तेस्रो नम्बरमा सिफारिस गरेका शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव सागरकुमार राई ९ कात्तिकमा अनिवार्य अवकाश पाएसँगै रिक्त भएको एक प्राविधिक सचिवका लागि तीन जनाको नाम लोकसेवा आयोगले सिफारिस गरेको थियो ।

आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक सहसचिव रामआधार साह, विश्वबाबु पुडासैनी र शर्माको नाम सिफारिस गरेको थियो ।

जस अनुसार साह पहिलो नम्बर, पुडासैनी दोस्रो नम्बर र शर्मा तेस्रो नम्बरमा थिए । यसअघि प्रायजसो पहिलो नम्बरमा सिफारिस भएका सहसचिवलाई सचिवमा बढुवा गर्ने गरिएको भए पनि यस पटक भने तेस्रो नम्बरमा सिफारिस भएका शर्मालाई मन्त्रिपरिषद् बैठकले बढुवा गरेको छ ।

उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् । तर बढुवा हुँदा तेस्रो नम्बरमा शर्माले बाजी मारेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077