Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लागूऔषधसहित लमजुङबाट एकजना पक्राउ

लमजुङ । लमजुङमा लागूऔषधसहित एकजना पक्राउ परेका छन् ।

तनहुँबाट लमजुङतर्फ आएका कास्की जिल्लाको रुपा गाउँपालिका ३ बस्ने बर्ष २५ का आश्वासन जंग शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्लाको मध्यनेपाल नगरपालिका ४ दुईपिप्लेबाट पक्राउ परेका उनको साथबाट लागूऔषध (ब्राउन सुगर) जस्तो देखिने २२० मिलि ग्राम (०.२२० ग्राम) बरामद गरिएको छ।

शाहीलाई बिहीबार जिल्ला अदालत लमजुङबाट ६ दिनको म्याद थप अनुमति लिई लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार अनुसन्धान भइरहेको जिल्ला प्रहर।ी कार्यालय लमजुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077