Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

राजनीतिक स्थिरता र आर्थिक विकासका लागि गठबन्धन आवश्यक छ : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन अहिलेको गठबन्धन आवश्यक रहेको बताएका छन्।

काठमाडौंमा शुक्रबार बिहान भएको कार्यक्रममा बोल्दै सिंहले यस्तो बताएका हुन् ।

काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका सिंहले मंसिर ४ को चुनावमा गठबन्धनलाई मत दिनुपर्ने बताए।

उनले संविधानको रक्षा, राजनीतिक स्थिरता र आर्थिक विकासका लागि सत्ता गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर जिताउन आग्रह गरे।

उनले भने, ‘शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन पनि अहिलेको गठबन्धन आवश्यक छ।’

संविधान रक्षा र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन लोकतान्त्रिक–वाम गठबन्धनको जित आवश्यक रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077