Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कीर्तिपुरमा चितुवासँग मोटरसाइकल ठोक्किएपछि...

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा चितुवासँग मोटरसाइकल ठोक्किँदा एकजना घाइते भएका छन् ।

बिहीबार राति ९ बजेतिर विश्वविद्यालय परिसरमा रहेको क्रिकेट मैदान नजिकै २३ वर्षिय निशान्त चौधरीले चलाएको मोटरसाइकल चितुवासँग ठोक्किएको हो ।

दुर्घटनामा परेर घाइते भएका चौधरीको किर्तिपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कीर्तिपुर क्षेत्रमा यस अगाडि पनि बारम्बार चितुवा देखा पर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077