Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

गोकर्ण विष्टले भने - एकीकृत समाजवादीको 'खुद्रा पसल' चुनावपछि बन्द हुन्छ

रुपन्देही । नेकपा एमालेका सचिव गोकर्ण विष्टले निर्वाचनपछि नेकपा एकीकृत समाजवादीको राजनीतिक भविश्य सकिने दाबी गरेका छन् ।

गुल्मी–२ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारसमेत रहेका नेता विष्टले शुक्रवार बुटवलमा सञ्चारकर्मीहरूसँग कुराकानि गर्दै यस्तो बताएका हुन् ।

उनले ‘स्खलित’ हुँदै गएको एकीकृत समाजवादीको ‘खुद्रा पसल’ चुनावपछि बन्द हुने बताए ।

उनले भने, ‘नेकपा एसको राजनीतिक भविष्य छैन । पार्टीबाट देशभर एमालेमा फर्किने क्रम निरन्तर बढ्दै गएको छ । खुद्रा पसल चुनावपछि पूर्ण रूपमा बन्द हुन्छ ।’

गुल्मी २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका विष्टले नेपाली कांग्रेस र माओवादीले मैदान खाली गरेपछि नेकपा एमालेको बलियो प्रतिस्पर्धी कोही नभएको बताए ।

गुल्मीमा आफ्नो प्रतिष्पर्धी कोही नभएको उम्मेदवार विष्टले दाबी गरे । विष्टले एमालेले निर्वाचनमा बहुमत ल्याउने पनि दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077