Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • अध्यक्ष ओली भन्छन् – भीम रावल बुढो भइसक्नुभयो, बेकारमा किन रावलको चिन्ता

    अध्यक्ष ओली भन्छन् – भीम रावल बुढो भइसक्नुभयो, बेकारमा किन रावलको चिन्ता

    अनलाइन नेपाल
  • शुक्रबार, १८ कार्तिक २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिममा थुप्रो भीम रावलहरू रहेको बताएका छन् । कञ्चनपुरको आम सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले रावल लक्षित टिप्पणी गरेका हुन् ।

    अध्यक्ष ओली बोल्ने क्रममा दर्शकदीर्घाबाट नेता रावलको खोजी भएपछि आक्रोशित हुँदै ओली मञ्चबाटै प्रतिवादमा उत्रिएका थिए । उनले नेता रावल बुढो भइसकेको भन्नसमेत भ्याँए ।



    ‘भीम रावलको तपाईंलाई किन चिन्ता प¥यो ? ०४८ सालदेखि एकछिन् मुख खाली छैन। बुढो भइसक्नुभयो। बेकार किन भीम रावलको चिन्ता, अरुलाई पालो दिनुपर्दैन ? एउटै भीम रावल, भीम रावल। केको खेती गरिराख्या ? के भीम रावल ? थुप्रो रावलहरू हुनुहुन्छ सुदूरपश्चिममा । थुप्रो रावलहरूलाई अगाडि बढाइन्छ,’ उनले भने ।



    यस्तै सोही कार्यक्रममा अध्यक्ष ओलीले डडेल्धुरामा कर्ण मल्लले एमालेलाई समर्थन गरेको र कसैलाई मन परे पनि, नपरे पनि उनैलाई सघाउन कार्यकर्तालाई निर्देशन दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार