Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उत्तर कोरियाले रुसलाई महत्वपूर्ण हतियार दिने गरेको अमेरिकाको दाबी

एजेन्सी । उत्तर कोरियाले रुसलाई महत्वपूर्ण हतियार पठाउने गरेको अमेरिकाले दाबी गरेको छ ।

उत्तर र दक्षिण कोरियाले एक अर्कालाई लक्षित गरेर क्षेप्यास्त्र प्रहार गरिरहेका बेला अमेरिकाको उक्त भनाइ आएको हो ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले अमेरिकी अधिकारीहरूलाई रुसले गोलाबारुद प्राप्त गरेको छ कि छैन भन्ने थाहा नभएको तर ढुवानीको अनुगमन गर्ने प्रयास गरिरहेको बताए ।

अमेरिकी दाबीबारे उत्तर कोरिया र रुसले कुनै टिप्पणी गरेका छैनन्। बुधबार उत्तर र दक्षिण कोरियाले एक अर्कातर्फ श्रृङ्खलाबद्ध क्षेप्यास्त्र प्रहार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077