Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

जनताका गुनासो सम्बोधन गर्न आफू हरदम तयार छु : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नम्बर १ का जनताले पानीको अभाव र सरकारी सेवामा ढिलासुस्ती भएको गुनासो गरेको बताएका छन् ।

काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवारसमेत रहेका सिंहले आज बिहानको घरदैलो कार्यक्रममा मतदाताहरुले आफूसँग यस्तो गुनासो गरेको बताएका हुन् ।

उनले पर्याप्त पानी आपूर्ति, सरकारी सेवा छिटो छरितो र संघीयताको सफल कार्यान्वयन होस् भन्ने चाहेको बताए । उनले जनताका गुनासो सम्बोधन गर्न आफू हरदम तयार रहेकोसमेत बताए ।

विगतमा भन्दा यस वर्ष मतदाताहरुबाट आफूलाई राम्रो प्रतिक्रिया आइरहेको भन्दै सिंहले मेलम्चीको पानी आपूर्ति र तीनै तहका सरकारलाई व्यवस्थित बनाउने कुरामा आफू प्रतिवद्ध रहेको बताए ।

उनले भने, ‘ संघीयता जारी गर्नुभयो तर संघीयता अनुसारको तीन तहको सरकार राम्रोसँग कार्यान्वयन भएको पाएनौं, यो कारणले विभिन्न सेवासुविधाहरुमा सास्ती व्यहोर्नुपरेको छ भन्ने कुरा आयो । व्यवस्थापनमा ख्याल गर्नुहोला भन्नुभएको छ ।’

संघीयता अनुसार तीन तहको सरकार व्यवस्थित हुन नसकेको भन्दै उनले कांग्रेसले संविधानको अक्षरशः कार्यान्वयन गर्ने बताए । नेता सिंहले सत्तारुढ पाँच दलीय गठबन्धन संविधानको रक्षा र राजनीतिक स्थिरताका लागि भएको दोहोर्याए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077