Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिग : फुलहममाथि म्यानचेस्टर सिटीको जित

एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले फुलहममाथि जित निकालेको छ।

इतिहाद स्टेडियममा सम्पन्न खेलमा १० खेलाडीमा समेटिएको सिटीले फुलहममाथि २-१ गोलअन्तरले जित निकालेको हो ।

म्यानचेस्टरको जितमा जुलियन अल्भारेज र अर्लिङ हल्याण्डले गोल गरे । फुलहमका तर्फबाट पेनाल्टीमार्फत आन्द्रेस परेइराले गोल गरे ।

जितसँगै १३ खेलबाट ३२ अंक जोडेको सिटी अंकतालिकाको शीर्षस्थानमा छ।

दोस्रो स्थानमा रहेको आर्सनलले १२ खेलबाट ३१ अंक जोडेको छ। फुलहम भने १४ खेलबाट १९ अंक जोडेर तालिकाको आठौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077