Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बर्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लियो, नोउ क्याम्पबाट बिदा भए जेरार्ड

काठमाडौं । डिफेन्डर जेरार्ड पिकेको अन्तिम खेलमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित हात पारेको छ ।

बार्सिलोनाले घरेलु मैदानमा अल्मेरियालाई २–० ले हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । बार्सिलोनाको जितमा औसमाने डेम्वेले र फ्रान्की डि जोङले गोल गरे ।

यो जितसँगै बार्सिलोना १३ खेलबाट ३४ अंक जोडेर शीर्षस्थानमा उक्लन सफल भएको छ । बार्सिलोनाले एक खेल कम खेलेको रियल म्याड्रिडलाई २ अंकले पछि पारेको छ । १२ खेलबाट रियलको ३२ अंक छ । पराजित अल्मेरिया १३ अंक जोडेर १५औं स्थानमा छ ।

यस्तै यहीँ खेलबाट डिफेन्डर पिकेले व्यवसायिक खेल करिअरबाट सन्यास लिएका छन् । अल्मेरियाविरूद्ध पिकेलाई नै कप्तानीको जिम्मेवारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077