Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अमेरिकी र्‍यापर आरोन कार्टरको निधन

एजेन्सी । ‘पप आइकन’ मानिने अमेरिकी गायक (र्‍यापर) आरोन कार्टरको निधन भएको छ ।

३४ वर्षीय आरोन शनिबार क्यालिफोर्नियाको ल्यान्कास्टरस्थित आफ्नो घरमा शंकास्पद अवस्थामा मृत फेला परेका हुन् ।

आरोनले सन् १९९७ मा मात्र ९ वर्षको उमेरमा आफ्नो पहिलो एल्बम ल्याएका थिए। आरोन ‘ब्याकस्ट्रिट बोइज’का सदस्य निक कार्टरका भाइ हुन्।

बिग अम्ब्रेला मैनेजमेन्टमा कार्टरका एजेन्ट टेलर हेलगेसनले उनको निधनको पुष्टि गरेका छन्। आरोनको परिवारले उनको निधनका सम्बन्धमा छिट्टै एउटा बयान जारी गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077