काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीति स्थिरता कायम गर्नु नै अहिलेको प्राथमिकता भएको बताएका छन्।
सोमबार काठमाडौं क्षेत्र नम्बर १ मा घरदैलो अभियानका क्रममा नेता सिंहले यस्तो बताएका हुन् । उनले जनताको जनजिविका सहज बनाउने र आर्थिक समृद्धिको एजेण्डा नै अहिलेको प्राथमिकता भएको बताए।
उनले यसपटकको निर्वाचनमा गठबन्धनलाई बलियो बनाएर संविधानको पूर्ण कार्यान्वयन गर्दै गाउँमा सिंहदरबार नारामा नभइ व्यवहारमा पुराउने दावी गरे।
संविधानको कार्यान्वन नहुँदै संघीयता, गणतन्त्र धर्मनिरपेक्षता जस्ता परिवर्तनका विषयहरु ठिक छैन भन्दै देशलाई पुन: अस्थिरतातर्फ लैजान खोजेको उनको आरोप छ ।
नेता सिंहले जनताको आवश्यकता अनुसार नै घरदैलो अभियानका क्रममा जनताले राखेका गुनासो र समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाए।