Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

काठमाडौं-१ मा लोसपा उम्मेदवार नायजुद्धारा सिंहलाई समर्थन

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले समर्थन गरेको छ। काठमाडौं क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका उम्मेदवार रहेका सिंहलाई लोसपाले समर्थन गरेको हो ।

लोसपाबाट काठमाडौं १ मा प्रकाश नायजु उम्मेदवार थिए। साथै प्रदेश सभा क्षेत्र 'क' का लोसपा उम्मेदवार रणवीरसिंह क्षेत्रीले पनि उम्मेदवारी निस्कृय गर्दै सत्ता गठबन्धनका उम्मेदवार दीपेन्द्र श्रेष्ठलाई सहयोग गर्ने भएका छन्।

प्रदेश सभा क्षेत्र 'ख' मा लोसपा उम्मेदवार रहेका करण श्रेष्ठको उम्मेदवारी भने कायमै रहेको विज्ञप्तिमा उल्लेख छ।

सिंह र श्रेष्ठलाई समर्थन गरेका लोसपाका उम्मेदवारहरूले आजदेखि आफ्नो चुनाव प्रचार नगरी सत्ता गठबन्धनका उम्मेदवारको प्रचार गर्ने सहमति पनि भएको छ। नेपाली कांग्रेस र लोसपाबीच मधेश प्रदेशका ७ ठाउँमा चुनावी गठबन्धन भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077