Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

भौतिक विकासका कामले मतदाताको मन जितेको छु : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफूले मतदाताको मन जित्न सफल भएको दावी गरेका छन्।

काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उमेदवार समेत रहेका सिंहले विगत ५ वर्षमा आफू नेतृत्वमा भएको भौतिक विकासले मतदाताको मन जितेको बताएका हुन् ।

मंगलबार बिहान चुनावी घरदैलो कार्यक्रमका क्रममा उनले आफूलाई मतदाताले ३ पटकसम्म विश्वास गरेको तर सुरुको २ पटकको समय संविधान निर्माणको काममा व्यस्त हुनु परेको स्पष्ट पारे।

संविधान र्निमाण पछि भने आफूले यस क्षेत्रको हरेक प्रकारका विकासका गतिविधि अगाडि बढाएको दावी गरे। हरेक टोलमा आफूले कुनै न कुनै प्रकारको विकास योजना जनतासामु पुरयाएको उनले बताए।

सुकुम्बासी समस्या व्यवस्थापनदेखि लिएर सामुदायिक विद्यालय सुधारका लागि पनि आफूले सक्दो काम गरेको बताए। उनले सोही कारण पनि यसपटक मतदाताहरुबाट सकरात्मक प्रतिकृया पाइरहेको बताए।

मतदाताले मेलम्ची खानेपानीका बारेमा गुनासो गरेको बताउँदै नेता सिंहले आफूले जनतालाई केहि समय कुरिदिन आग्रह गरेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077