Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्पेनिस ला लिगा : बार्सिलोनासँग ओसासुना पराजित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले ओसासुनालाई पराजित गरेको छ ।

गएराति बार्सिलोनाले घरेलु टोली ओसासुनामाथि २–१ को जित निकालेको हो ।

बार्सिलोनाले घरेलु टोली ओसासुनासँग १–० ले पछि परेको स्थिति उल्ट्याएर २–१ को पूनरागमन जित दर्ता गरेको हो । बार्सिलोनाको जितमा पेड्री र राफिन्हाले गोल गरे ।

घरेलु टोलीका डेभिड गार्सियाले एक गोल गरे ।बार्सिलोनाले लिगमा ५ अंकको अग्रता बनाएको खेलमा दुई मुख्य खेलाडीले रातो कार्ड खाए ।

फरवार्ड रोबर्ट लेवान्डोस्की र जेरार्ड पिकेले रातो कार्ड खादै मैदान बाहिरिए । जितसँगै बार्सिलोनाले ला लिगामा दोस्रो स्थानको रियल मड्रिडसँग ५ अंकको अग्रता बनाएको छ ।

बार्सिलोनाको ३७ र रियल मड्रिडको ३२ अंक छ । ओसासुना २३ अंक सहित तालिकाको छैटौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077