Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

अनुमतिविनै उडिरहेको जहाजमा अन्तर्वार्ता दिएपछि पाइलट विजय लामालाई उडानमा रोक

काठमाडौं । आकाशमै ककपिटमा चालक दलका सदस्यभन्दा बाहेकका व्यक्तिलाई प्रवेशको अनुमति दिँदै भिडियो अन्तर्वार्ता दिएपछि नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट विजय लामा छानविनमा तानिएका छन् ।

नियमनकारी निकायको अनुमतिबिना भिडिओ अन्तरवार्ता दिएका कारण उनलाई बिमान उडाउन रोक लगाउँदै दुई दिनभित्र स्पष्टिकरण पेस गर्न निर्देशन दिएको छ।

कारण स्पष्ट पारी नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको अनुमतिमा मात्र पाइलटले फोटोग्राफी वा भिडियोग्राफी गर्न सक्छन् ।

उनले यो नियम तोडेसँगै नियामक निकायको छानविनमा तानिएका हुन् । छानविन प्रतिवेदन नआएसम्म उनको नाम उडानको रोष्टरबाट समेत हटाइएको छ ।

लामाले दुबईबाट नेपाल आउँदै गर्दा एक जना विदेशी ब्लगरलाई भिडिओ अन्तरवार्ता दिएका थिए।

उडानका समयमा यस्ता प्रकारका गतिविधि गर्नुलाई जोखिम समेत मानिने गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077