Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल र पाकिस्तानबीचको खेलको टिकट मूल्य तय, एक भाग्यशाली दर्शकले विश्वकपको टिकट पाउने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले घरेलु टोली नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेलको टिकट मूल्य तय गरेको छ ।

एन्फाले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै मैत्रीपूर्ण खेलको टिकट मूल्य तय गरेको हो ।

एन्फाले बिहीबार पत्रकार सम्मेलन गर्दै खेलका लागि ५०० र १ हजार रुपैयाँ टिकट तय गरिएको जनाएको छ । साधारणतर्फ ५०० र भीआईपीतर्फ १ हजार टिकट मुल्य राखिएको हो ।

८० सिट भीआईपीका ५ हजारको टिकट व्यवस्था गरिएको एन्फा प्रवक्ता सुरेश साहले जानकारी दिए । नेपाल र पाकिस्तानबीच यही कात्तिक ३० गते दशरथ रंगशालामा खेल हुनेछ ।

खेल दशरथ रंगशालामा ३० कात्तिकमा साझ ५ बजे सुरु हुनेछ ।

यस खेल हेर्ने भाग्यमानी एक दर्शकले कतारमा हुने विश्वकपमा ब्राजिल र क्यामरुनबीचको खेल हेर्ने टिकट प्राप्त गर्ने साहले बताए ।

भाग्यमानी दर्शकलाई एन्फाले टिकट मात्र दिने र हवाई टिकट र खान बस्न आफैंले व्यहोर्नु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077