Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

काठमाडौं १ मा मेरो जीत सुनिश्चित छ : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा आफ्नो जीत सुनिश्चित रहेको बताएका छन्।

शुक्रवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को घरदैलो कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संविधान कार्यान्वयनका लागि गठबन्धनलाई जिताउन आवश्यक भएको बताए।

उनले भने, ‘आसन्न निर्वाचनले संविधानलाई रक्षा गर्दै प्राप्त गरेका अधिकारलाई सुरक्षित राख्दै, संस्थागत गर्दै, विकास निर्माणका प्रक्रिया अघि बढाउँछौँ ।’

उनले आफूले पार्टीलाई भन्दा पनि गठबन्धनलाई अघि राखेर र आधार मानेर हामी अघि बढिरहेको पनि उल्लेख गरे ।

संविधान जारी गरेपछि संविधानलाई कार्यान्वयन गर्ने अवसर दिन गठबन्धनलाई जिताउन आवश्यक भएको नेता सिंहको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077