काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई स्वतन्त्र उम्मेदवार दुर्गाप्रसाद लिम्बुले समर्थन गरेका छन् ।
काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार रहेका प्रकाशमानलाई समर्थन गर्दै लिम्बुले आफ्नो उम्मेदवारी निष्कृय गरेका हुन् ।
लिम्बुले यो क्षेत्रलाई आवश्यक भएको उम्मेदवार प्रकाशमान सिंह नै भएको बताए । उनले प्रकाशमानले अघि सारेको ‘केन्द्रमा प्रभाव, क्षेत्रमा विकास’ भन्ने चुनावी नारा आफूलाई मन परेको बताए ।
यसअघि लोसपाका प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रकाश नायजु र प्रतिनिधि सभा सदस्य उम्मेदवार रणविर सिंहले पनि प्रकाशमानलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्कृय भएको घोषणा गरेका थिए ।