काठमाडौं । त्रिभुवन आर्मीले क्लबले प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिस क्लबमाथि दुइ विकेटको ऐतिहासिक जित निकाल्दै फाइनलमा पुगेको छ ।
आर्मीले पुलिसमाथि कीर्तिमानी योगफल पूरा गर्दै लगातार पाँचौं पटक फाइनलमा स्थान बनाएको हो ।
पुलिसले दिएकाे तीन सय पाँच रनकाे लक्ष्य आर्मीले एक बल बाँकी छँदा आठ विकेट गुमाएर भेटायाे । उसका लागि राेहित पाैडेलले ८९, हरि चाैहानले ७५, र राजेश पुलामी मगरले नटआउट ४३ रन बनाए । बलिङतर्फ पुलिसका करण केसीले छ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे पुलिसले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर तीन सय चार रन बनायाे । उसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले एक सय ४० र आरिफ शेखले नटआउट ९१ रन बनाए ।
आर्मीले उपाधिका लागि एपीएफको सामना गर्ने छ । फाइनल खेल भाेलि बिहान ९ बजे कीर्तिपुरमा हुनेछ ।