Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चिनियाँ उपमन्त्री ली पाँच दिने भ्रमणका लागि काठमाडौंमा

काठमाडौं । निर्वाचनको पूर्वसन्ध्यामा चीनको संस्कृति तथा पर्यटन मन्त्रालयका उपमन्त्री ली चुन काठमाडौं आइपुगेका छन् ।

चीनका राष्ट्रिय सांस्कृति सम्पदा प्रशासनका निर्देशकसमेत रहेका उपमन्त्री ली पाँच दिने भ्रमणका लागि शुक्रबार बेलुकी काठमाडौं आइपुगेका हुन् ।

अक्टोबरमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २० औं महाधिवेशनबाट राष्ट्रपति सी चिनफिङ थप ५ वर्षका लागि दोहोरिएपछि बेइजिङबाट भएको यो पहिलो औपचारिक भ्रमण हो ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार उपमन्त्री ली भूकम्पपछि चिनियाँ सहयोगमा पुनर्निर्माण भइरहेका सम्पदाको निरीक्षण गर्न आएका हुन् ।

परराष्ट्र र संस्कृति, नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयले दूतावासलाई उपमन्त्री लीको भ्रमण चुनावपछि गराउन सुझाव दिए पनि चिनियाँ पक्षले भ्रमण सांस्कृतिक सम्पदाको निरीक्षणमा केन्द्रित हुने भन्दै मिति तय गरेको थियो ।

२०७२ को भूकम्पमा क्षतिग्रस्त भएका वसन्तपुर दरबार क्षेत्रलगायतका सम्पदा चीन सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077