Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सुकुम्वासीलाई प्रकाशमानको आश्वासन - तपाईंहरुको चित्त बुझ्ने गरी स्थायी समाधान निकाल्छौं

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभा उम्मेदवार रहेका प्रकाशमान सिंहले सुकुम्वासी समस्या समाधानका लागि पहल गर्ने बताएका छन् ।

नेपाली कांग्रेसका नेता समेत रहेका सिंहले आइतबार बिहान थापाथलीस्थित बागमती नदी किनारको वस्तीमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

उनले समस्या समाधानका लागि भूमि आयोग बनेको भन्दै त्यसले दिने प्रतिवेदनलाई आधार मानेर समस्याको समाधान निकाल्ने बताए ।

उनले भने, ‘भूमि आयोगले काम सुरु गरिसकेको छ । निर्वाचन आयोगले निर्वाचनको समयमा काम रोक्नु भनेकाले अहिले रोकिएको छ । त्यसको प्रतिवेदन आइसकेपछि त्यसलाई अध्ययन गरेर स्थायी समाधान निकाल्छौं ।’

समस्या समाधान गर्दा जबरजस्ती नभई भूमिहीनको पनि चित्त बुझाएर गर्ने उनले बताए ।

मतदाताले सरकारी कार्यालयका कामकाज झन्झटिलो र ढिलो भएको भन्ने गुनासो गरेको भन्दै उनले त्यसको सरल र छिटोछरीतो बनाउन पनि पहल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077