Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रिमियर लिग : म्यानचेस्टरसँग फुलह्याम पराजित, ब्राइटनमाथि भिल्लाको जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले फुलह्यामलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

गएराति भएको खेलमा युनाइटेडका लागि क्रिस्टियन एरिक्सनले १४औँ र इन्जुरी समयमा एलेजान्ड्रो गर्नाचोले गोल गरे ।

फुलह्यामका लागि ६१औँ मिनेटमा डानिल जेम्सले गोल गरे । जितसँगै युनाइटेड १४ खेलमा २४ अङ्क जोडेर पाँचौँ स्थानमा रहेको छ । फुलह्याम १९ अङ्क जोडेर नवौँ स्थानमा रहेको छ ।

ईपीएल अन्तर्गत गएराति भएको अर्को खेलमा एस्टन भिल्लाले ब्राइटनलाई २–१ गोलले पराजित गरेको छ । भिल्लाका लागि दुवै गोल ड्यानी इन्ग्सले गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077