Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मैत्रीपूर्ण खेलका लागि काठमाडौं आइपुग्यो पाकिस्तानी फुटबल टोली

काठमाडौं । नेपालविरुद्धको मैत्रीपूर्ण खेलका लागि पाकिस्तानी फुटबल टोली नेपाल आइपुगेको छ। टोली आज बिहान आइपुगेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

पाकिस्तान फिफाको निलम्बन फुकुवापछि खेल्न लागेको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो। बुधबार नेपालविरुद्ध हुने अन्तर्राष्ट्रिय फुटबलका लागि हसन वासिरको कप्तानीमा २४ सदस्यीय टोली नेपाल आइपुगेको हो।

नेपालले दशरथ रंगशालामा बुधबार पाकिस्तानसँग खेल्दै छ। खेल साँझ ५ बजे सुरु हुनेछ। गत असोज ११ गते बगलादेशसँग मैत्रीपुर्ण खेलपछी नेपालले पाकिस्तानसँग खेल्न लागेको हो।

टोलीको कप्तानी फरवार्ड हसन बसिर तथा मोहम्मद उमर हयात उपकप्तान रहेका छन् । पाकिस्तानी टोलीमा चार डेनमार्कका खेलाडी रहेका छन् । डिफेन्डर अब्दुल्लाह इकवल पाकिस्तानबाट खेल्ने पछिल्लो डेनिस नाम हुन् ।

टोलीमा साकिब हनिफ, युसुफ इजाज बट र अब्दुल बासित रहेका छन् । डिफेन्डरमा जैन (जुनियर), सोहेल खान, सैयद जुनैद शाह, अब्दुल्लाह शाह, मामुन मुसा, अब्दुल्लहा इकबाल, सरदार वली र हसिब खान छन् ।

मिडफिल्डमा उमैर अली, जैन उल अबिदिन, अब्दुल कादिर खान, आलमगिर गाजी, अदनान याकूब र अदनान सइद छन् । मोहम्मद अफजल, मोहम्मद वाहिद, मोहम्मद वलिद खान र शायक दोस्त फरवार्ड हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077