Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युएईद्वारा नेपाललाई २६४ रनको लक्ष्य

काठमाडौं । पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा युएईले घरेलु टोली नेपाललाई जितका लागि २ सय ६४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६३ रन बनायो ।

युएईका लागि टिममा पुनरागमन गरेका रोहन मुस्तफाले सर्बाधिक ५३ रन बनाएका थिए । त्यस्तै मुहमद वासीमले ४४ र विरित्य अरविन्दले ४० रन बनाएका थिए ।

त्यसैगरी नेपालका बलर गुलसन झाले २ विकेट लिए भने सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिए ।

नेपाल र युएईबीच तीन खेलको सिरिज हुनेछ ।

युएई र नेपालबीचको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय बुधबार तथा तेस्रो खेल शनिबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077